मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णय


२ जेष्ठ २०८०, मंगलवार १८:३४ मा प्रकाशित
sfo:ysf] kfly{j z/L/df /fli6«o em08f cf]9fpFb} dGqL df]bL sfe|]knf~rf]s, @* j}zfv M ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL cdgnfn df]bL laxLaf/ sfe|]knf~rf]ssf] ag]kfdf hgcfGbf]ng @)^@÷)^# sf qmddf ;'/IffsdL{sf] uf]nL nfuL 3fOt] x'g'ePsf ag]kf gu/kflnsf–* sf d's]z sfo:ysf] kfly{j z/L/df /fli6«o em08f cf]9fpg'x'Fb} . ;f] cfGbf]ngdf 3fOt] x'Fbf !$ aif{sf] sfoiy !* jif{b]lv cw{r]t cj:yfdf pkrf//t x'g'x'GYof] . pxfFsf] lxhf] ;fFem lgwg ePsf] xf] . tl:a/M /fhs'df/ k/fh'nL÷/f;;

काठमाडौं। सरकारले जनआन्दोलनमा घाइते भइ केहि दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृती दिएको छ ।

त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गर्नुभयो ।

उहाँले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दवाव नदिइएको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here