छिमेकी मुलुक भारतले नेपाललाई दिँदै आएको अनुदान सहयोगमा वृद्धि गरेको छ ।नयाँ बजेटमा भारतले अघिल्लो वर्षको नेपाललाई दिने रकममा ४० प्रतिशत बढाएको हो ।
भारतले नेपाललाई दिँदै आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बढाएको हो । शुक्रबार लोकसभामा वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्दै नेपालका लागि १६ अर्ब ८० करोड नेपाली रुपैयाँ ९१० अर्ब ५० करोड भारतीय रुपैयाँ ० विनियोजन गरिएको जानकारी दिएकी हुन् ।
भारतले गत वर्ष नेपाललाई १२ अर्ब रुपैयाँ दिएको थियो ।यसबर्ष ४० प्रतिशत बढाएर १६ अर्ब ८० करोड नेपाली रुपैयाँ दिने घोषणा वित्त मन्त्री सीतारमणले गरेकी हुन् ।मोदी सरकारले गत फेब्रअरीमा घोषणा गरेको अन्तरिम चुनावी बजेटमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ ९७ अर्ब ५० करोड भारतीय रुपैयाँ ० छुट्याएको थियो। वित्तमन्त्री सीतारमणले शुक्रबार लोकसभामा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट पेश गर्दै छिमेकी देशलाई दिइने सहयोग रकम पनि घोषणा गरेकी हुन् ।
भारतले आफ्नो बजेटमा भुटानलाई ४४ अर्ब ९६ करोड,मोरिससलाई १७ अर्ब ६ करोड, अफगानिस्तानलाई ६ अर्ब ४० करोड,म्यानमारलाई ६ अर्ब ४० करोड,माल्दिभ्सलाई ६ अर्ब ४० करोड,श्रीलंकालाई ४ अर्ब र बंगलादेशलाई २ अर्ब ८० करोड अनुदान सहयोग दिने पनि घोषणा गरेको छ ।





