विराटनगर । रोजगारीको सुनिश्चितता र सेवा सुविधा वृद्धिको माग गर्दै सुनसरी–मोरङ सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन्।
ज्यालादारी कर्मचारी परिवारले शुक्रबारदेखि विरोधका कार्यक्रम सुरु गरेका हुन्। उनीहरूले रोजगारीको ग्यारेन्टी, करार कर्मचारीसरह सेवा सुविधा र ५८ वर्ष उमेर पुगेका ज्यालादारी कर्मचारीलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन्।
माग सम्बोधन नभए कात्तिक २६ गतेदेखि नहरमा पानी सञ्चालनसहित आयोजनाका सम्पूर्ण काम ठप्प पार्ने आन्दोलनरत कर्मचारीले चेतावनी दिएका छन्।