सरकारका काम तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्छ : प्रकाशमान सिंह


४ भाद्र २०७९, शनिबार १३:४४ मा प्रकाशित

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा नेता सिंहले सरकारका कामहरुलाई थप प्रभावकारी बनाउँदै तल्लो तहका समुदायले राहत महसुस गर्ने खालको हुनुपर्ने बताउनुभएको हो । उहाँले नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेता सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने धारणा राख्नुभयो । काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न उहाँले सुझाव दिनुभयो ।

त्यस्तै उहाँले फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने बताउनुभयो । बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here