काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको छ ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्याफ्टिङको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो ।
बागमती नदी महोत्सवको शहरी बिकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गर्नुभएको थियो । सो क्रममा मन्त्री चौधरीले आगामी दिनमा बागमती नदी संरक्षणका लागि आफुले बिशेय ध्यान दिने बताउनुभयो । उहाँले बागमती नदी बचाउन अभियानमा सरकारको तर्फबाट पनि सकारात्मक भूमिका हुने जिकिर गर्नुभयो । बागमती नदी सफाई अन्तर्गत नदि किनारमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने उहाँको भनाइ छ ।
धार्मिक महत्व बोकेको बागमती नदीलाई संरक्षण गर्नका लागि र सवैलाई दायित्वबोध गराउनका लागि पनि महोत्सवको आयोजना गरिएको नाराले जनाएको छ । कार्यक्रममा मन्त्री चौधरी, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह लगाएत पनि र्याफ्टिङमा सहभागी भएका थिए ।





