काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी चयन गर्ने बताइएको छ ।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।
शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।
महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।





