धरानमा डेङ्गु संक्रमितको संख्या बढ्दै


२५ जेष्ठ २०७६, शनिबार २२:२४ मा प्रकाशित

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा डेङ्गु संक्रमित बिरामीहरुको चाप बढ्दै गएको छ ।

अहिलेसम्म करीब २ सय जना भन्दा बढी बिरामीहरुमा डेङ्गुको संक्रमण देखिएको अस्पताल श्रोतले जनाएको छ । धरानको वडा नम्बर ८ र १५ लाई डेङ्गु संक्रमित वडा समेत घोषणा गरीएको छ ।ती वडाहरुमा डेङ्गु संक्रमीत पोथी लाम्खुटे तथा त्यसका लार्भाहरु अधिक मात्रामा भेटिएकाले सबैमा सचेत रहन तथा लाम्खटेको टोकाईबाट बच्ने उपायहरु अपनाउन सबैमा सुचीत समेत गरीएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपमहानगरपालिका भित्रका सबै वडाहरुमा घरदैलो कार्यक्रम गर्दै जनचेतनाका साथै डेङ्गु संक्रमीत लाम्खुटे तथा लार्भा नष्ट गर्ने कार्य भईरहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here