इमरान खानद्वारा नरेन्द्र मोदीलाई पत्र


२५ जेष्ठ २०७६, शनिबार १४:०१ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको लागि प्रस्ताव गर्नु भएको छ । खानले मोदीलाई शुक्रबार पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताउनु भएको छ ।

दोस्रो कार्यकालका लागि बधाई दिँदै प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताउनु भएको छ ।पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको भन्दै मोदीलाई पत्र पठाएको जीओ टिभीले जनाएको छ ।

मोदी पुन प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here