प्रधानमन्त्री केपी शर्मा ओली युरोप प्रस्थान


२५ जेष्ठ २०७६, शनिबार २२:४२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणका लागि आज साँझ स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री सहितको टोली भ्रमणमा निस्केको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,प्रेस सल्लाहकार डा. कुन्दन अर्याल लगायत रहेका छन् ।

नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।जेठ २७ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here