शान्तीपुर्ण राजनितिमा आउनुु वाहेक विप्लवसंग कुनै विकल्प छैन :नेकपा अध्यक्ष दाहाल


१३ जेष्ठ २०७६, सोमबार १४:३३ मा प्रकाशित

मोरङ ।    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्तीपुर्ण राजनितिमा आउनुु वाहेक विप्लव समुहसंग कुनै अर्को विकल्प नभएको वताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले हिंसाको राजनितिवाट उद्धेश्य पुरा नहुने भएकाले अन्ततः विप्लव समुह वार्तामा आउनै पर्ने बताउनु भयो ।उहाँले वमको आतंक फैलाएर जुन तरिका अपनाईएको छ त्यसले कुनैपनि हालतमा उदेश्य पुरा नहुने भन्दै प्रकारान्तमा विप्लव समुह शान्तीपुर्ण राजनितिमा आउनै पर्ने विचार ब्यक्त गर्नु भयो ।

अध्यक्ष दाहालले राष्ट्रिय,अन्तराष्ट्रिय परिस्थिती,जनताको चाहना र राष्ट्रको आवश्यकता यतिखेर वम पड्काउने नभइ विकास निर्माण र समवृद्धिका साथ समाजवादलाई नयाँ ढंगवाट अघि वढाउनु रहेकाले त्यसतर्फ सवै मिलेर लाग्नुपर्ने वताउनु भयो ।विप्लव समुहमा वार्तामा आउने भए उनिहरुमाथी लगाइएको प्रतिवन्ध ठुलो समस्या नभएको उहांको भनाई थियो ।

अध्यक्ष दाहालले मिडिया काउन्सिल विधेयक आवश्यकता अनुसार परिमार्जन सहित अघि वढने वताउनुभयो ।उहाँले मिडिया काउन्सिल विधेयकका विषयमा राष्ट्रिय स्तरमा छलफल चलिरहेको बताउनुहुंदै सो बिषयमा संसदभित्रपनि यस विषयमा छलफल चल्ने बताउनुभयो ।अध्यक्ष दाहालले आफनो पार्टीको नेतृत्वमा पाचवर्ष सम्म सरकार चल्ने दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here