सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ खाने कार्यक्रम छ ।
सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा हुने एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाउने हुनु भएको हो । गान्तोकको पाल्जोर स्टेडियम सोमबार हुन लागेको एसकेएम पार्टीको नयाँ सरकारको सपथ ग्रहण समारोहलाई पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले बहिष्कार गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता भीम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको सपथ ग्रहण समारोहमा आफूहरु सहभागी नहुने जानकारी दिनु भएको हो ।
सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको हो ।





