आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते अपरान्ह ४ बजे


१३ जेष्ठ २०७६, सोमबार १४:४० मा प्रकाशित

काठमाडौं ।  आर्थिक वर्ष २०७६–७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराउनु भएको हो ।
त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गर्नु भएको छ ।

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here