ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाइते


११ आश्विन २०७८, सोमबार १७:४४ मा प्रकाशित

सोलु असोज ११ । ढिस्कोले पुरेर सोलुमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोलुस्थित लिखुपिके ५ लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथिबाट ढिस्को झरी एक जना मृत्यु र दुई जना घाइते भएका हुन् ।

खोटाङका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको हो भने दोलखा जिरी २ का २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ वर्षीय प्रविन्द्र राई घाइते भएका हुन् । सोमबार बिहान ३ बजे सुरुङमा काम गरिरहेको अवस्थामा रामकृष्णको ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमा राईको मृत्यु भएको थियो । त्यस्तै जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के एम सी हस्पिटल काठमाण्डौ लगिएका छ ।

प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटिइ घटना सम्बन्धी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here