झापा । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८/०७९को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमकाबीच समिक्षा तथा पुस्तक सार्वजनिक गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद एककाराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभयो । गत असार १० गते आयोजित सातौँ नगरसभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तक मार्फत सार्वजनिक गरीएको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा निःशुल्क रुपमा पठनपाठन गराउँदै आएको आचरण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८ को पाठ्यपुस्तकसमेत विमोचन गरिएको छ ।
सोही कार्यक्रमकाबीच नगरपालिकाको विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गा दाता,अवकास प्राप्त कर्मचारी,उत्कृष्ट कर्मचारी,समाजसेवी तथा खेलाडीलाई सम्मान गरीएको छ । सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गा दाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत, वडा नम्बर ४का भिमकला रावत,वडा नम्बर ९का तोमप्रसाद पाठक, वडा नम्बर १० का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

यस्तै, बिर्तामोड नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादवप्रसाद अधिकारी,अधिकृत छैटौँ तुलसी प्रसाद भण्डारी, सहायक पाँचौ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरीएको छ । यस्तै, समाजसेवी बिर्तामोड नगरपालिका ४का भक्तिप्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरीएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८को उत्कृष्ट कर्मचारीकोरुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामासमेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र शव वहान चालक खगेन्द्रप्रसाद मैनालीलाई सम्मान गरीएको छ । सम्मानित हुने सबैजनालाई प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की, नगरप्रुमख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनोको रुपमा अंखोरा प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा नगरका १५ वटै शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा गरीएको थियो । शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्र कडरीया, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल, योजना शाखा प्रमुख जय तिम्सिना,आर्थिक प्रशासन शाखाका निमित्त प्रमुख प्रकाश न्यौपाने,राजश्व शाखाका प्रमुख पदमराज न्यौपाने, कानुन शाखा प्रमुख टिका लामिछाने,घर नक्शा शाखा प्रमुख प्रभाव थापा मगर,पञ्जिकरण इकाई शाखा प्रमुख अशेष अधिकारी,प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख होमनाथ भट्टराई र उद्यम विकास कार्यक्रम प्रमुख चलीमाया तामाङ्गले आ–आफ्नो शाखाको प्रगती विवरण पेश गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश १ सांसद एककाराज कार्कीले सार्वजनिक भएका योजनाहरुको कार्यान्यनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष उमानाथ ओली,राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल,नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज युवराज दाहालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको आचित्यमाथि प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले प्रकाश पार्नु भएको थियो ।कार्यक्रमलाई योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।





