आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छः अग्निप्रसाद सापकोटा


५ फाल्गुन २०८२, मंगलवार १४:०० मा प्रकाशित


नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ ।


मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । देशभरीबाट आएको रिर्पोटको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरु पुगेको नेता सापकोटाको भनाई थियो ।

उहाँले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here