ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु


११ आश्विन २०७८, सोमबार १२:०० मा प्रकाशित

ताप्लेजुङ, असोज ११ ।ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ ।

ताप्लेजुङस्थित सिरिजंघा गाउँपालिका ४, तेल्लोकमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय ईन्द्र भट्टराई रहेका छन् । आइतबार बेलुका ७ बजे पुर्बबाट पश्चिम आउँदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पदैल यात्री भट्टराईलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर चालक सन्जराज लिम्बुलाई ईलाका प्रहरी कार्यालय तेल्लोकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here