इलाम नगरपालिका–४ स्थित छ्यारछारेमा सोमबार दिउँसो भएको घटनामा स्थानीय ३२ वर्षीय सुवास लोहार घाइते भएका हुन्।
प्रहरीका अनुसार दिउँसो करिब ४ः३० बजे सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले सुवासमाथि धारिलो हतियार प्रहार गरेका थिए।
हतियार प्रहारबाट सुवासको गाला, टाउको र खुट्टामा चोट लागेको छ। घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।घटनापछि प्रहरीले आरोपित तीनै जनालाई नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।