काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना


१० बैशाख २०७७, बुधबार ११:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् ।

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here