पाकिस्तानी प्रधानमन्त्री खानको पनि कोभिड–१९ परीक्षण हुने


१० बैशाख २०७७, बुधबार ०९:३५ मा प्रकाशित

पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड–१९ परीक्षण हुने भएको छ।

उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनका सल्लाहकार डा. फैजल सुल्तानलाई उद्धृत गर्दै प्रधानमन्त्री खानको कोरोना परीक्षण गरिने जनाइएको छ । हालसम्म पाकिस्तानमा हालसम्म कोरोनाको संक्रमणबाट २०१ पुगेको छ भने ९ हजार ५ सय बढी संक्रमित छन् । जसमध्य २ हजार ७३ जना उपचार पछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here