भक्तपुर । भक्तपुर क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् ।
उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए । भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे । यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए ।
सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डि पि ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४८५ मत प्राप्त गरेका थिए । प्रदेश सांसद लामिछानेको गतवर्ष वैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो ।





