मकालु गाउँपालिका अपडेटः नेकपा २ सय ६ मतले अग्रता


१५ मंसिर २०७६, आईतवार १२:२४ मा प्रकाशित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको दोस्रो मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ ।

१ हजार ८ सय ९४ मत गणना गर्दा सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले ९ सय ५७ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ७ सय ५१ मत ल्याएका छन् । संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले १ सय ४३ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र संयुक्तका मान बहादुर विश्वकर्मा (हलो)ले २३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टी–का रमेश राई (घर) ले २ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राई (गाई) ले ९ मत प्राप्त गरेका छन् भने संघीय लोक तान्त्रिक मञ्चका कविता राई (दाप सहितको खुकुरी) ले १० मत प्राप्त गरेका छन् । अहिले सम्म ६० मत बदर भएको छ । मतगणना बिहान ९ः१५ देखि मत गणना सुरु भएको थियो । १० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो । गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपाका तर्फ बाट तेजबहादुर पोख्रेल र कांग्रेसबाट विमन पराजुली बीच कडा प्रतिस्पर्दा हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here