लाखौं मूल्य बराबरको पटका चितवन प्रहरीद्वारा नष्ट


२६ कार्तिक २०७६, मंगलवार ११:५४ मा प्रकाशित

चितवन । चितवन प्रहरीले लाखौं मूल्य बराबरको विष्फोट जन्य पदार्थ (पटका) नष्ट गरेको छ ।

तिहारको समयमा बरामद गरिएको करिब १२ लाख रुपैयाँ बराबरको पटका भूँईचम्पा, अतीसबाजी जस्ता बिस्फोटक पदार्थहरु पत्रकारहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय चितवनको परिसरमा नष्ट गरिएको हो । भारतीय प्रहरीको नाममा लुकाएर ल्याउँदै गरेको पटका र जिल्लाको विभिन्न स्थानहरुबाट भित्रिएका अनुमानित १२ लाख मूल्य बराबरको पटका नष्ट गरिएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

साथै, उनले तिहारको समयमा चितवन प्रहरीले तयार गरेको सरप्राइज चेकिङका कारण ठूलो परिणामका पटकाहरु भित्र्याउने व्यक्तिहरुलाई पक्राउ गर्न नसकिए पनि धेरै मात्रामा पटका भने बरामद गर्न आफू र आफ्नो टिम नै सफल भएको बताउँदै आगामी वर्षमा अझै पटका नियन्त्रणका लागी प्रहरीले थप प्रभावकारी कदम चाल्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here