भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना


२६ कार्तिक २०७६, मंगलवार ११:४६ मा प्रकाशित

काठमाडौं । भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन् । छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्वर कोकिलको उपमा पाएकी गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन्– ‘लता जीलाई भाइरल इन्फेक्सन भएको छ, उनको उमेरलाई ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य स्थिति स्थिर र सुधार रहेको छ ।’ उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

समाचार एजेन्सी पीटीआईले जनाएअनुसार उनको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार थालिएको छ । भारत रत्नद्वारा विभुषित लता मंगेशकर भारतीय सिनेमा जगतकै सर्वश्रेष्ठ गायिका मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here