‘गो ब्याक चाइना’ भन्दै कपिलवस्तुमा जलाइयो चिनियाँ राष्ट्रपतिको पुत्ला


२६ कार्तिक २०७६, मंगलवार १२:०१ मा प्रकाशित

कपिलवस्तु । नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि विरोध प्रदर्शन गरेका छन् ।

भारतले नेपालका कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको भन्दै स्थानीय युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन । स्थानीय युवाहरुले कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here