४ वर्षको कैद सजाय पाएका अभियुक्त २४ वर्षपछि पक्राउ


१२ आश्विन २०७६, आईतवार १२:१३ मा प्रकाशित

वीरगन्ज । ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् ।

२५ जेठ २०५२ सालमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ४ वर्ष ११ महिना १० दिन कैद सजाय सुनाइएका ४९ वर्षीय नैमुदिन अन्सारी २४ वर्षपछि शनिबार पर्साबाट पक्राउ परेका हुन् । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भए पनि फरार रहेका अन्सारीलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here