पाँचथर । व्यवसायीलाई घरदैलोमै सेवा पुर्याउने उद्धेश्यले पाँचथरको हिलिहाङ गाउँपालिकाको बजार क्षेत्रमा घुम्ती शिविर संचालन गरिएको छ ।
उद्योग वाणिज्य संघ पाँचथरको पहलमा शनिबार संचालित घुम्ती शिविरमा १ सय ५० जना सेवाग्राहीले सेवा लिएका थिए । व्यवसायीक फर्म नवीकरण, कर संकलन, करदाता शिक्षा सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दिपक नेपालले बताए । हिलिहाङ गाउँपालिकाको सिंहापुर, भालुचोक, गणेश चोक, गोपेटार र जोरपोखरी बजार क्षेत्रमा उक्त घुम्ती शिविर संचालन गरिएको उद्योग वाणिज्य संघ पाँचथरका महासचिव नवराज घिमिरले जानकारी दिए ।

विगतका वर्षहरुमा पनि संचालन गर्दे आएको घुम्ती शिविर यस वर्ष पनि घरदैलोमै गएर व्यवसायीहरुलाई सेवा प्रदान गरिएको वाणिज्य संघका कार्यकारी अधिकृत भिम बहादुर कार्कीले बताए ।






