रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने


२४ बैशाख २०८३, बिहीबार १५:१६ मा प्रकाशित

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ । 


ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिनुभएको हो । हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पु¥याइनेछ ।

परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्नुभएको हो । जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here