दशैँ सुरु भएसँगै सुरक्षा व्यवस्था कडा, ४२ हजार सुरक्षाकर्मी परिचालन


१२ आश्विन २०७६, आईतवार १२:०३ मा प्रकाशित

काठमाडौँ । दशैँ सुरु भएसँगै चाडपर्व सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

मुलुकभर ४२ हजार प्रहरी/सुरक्षाकर्मी जनशक्ति खटिएका छन् । उपत्यकासहित सातवटै प्रदेश प्रहरीको कार्यलयमार्फत दशैं, तिहार, नेपाल संवत र छठ लगायत पर्वहरुका बेला सुरक्षा योजना अन्तर्गत ४३ एसपी र १ सय २० डीएसपीसहित ४२ हजार ६ सय १९ जना प्रहरी परिचालन गरिएको हो । सुरक्षा रणनीतिअनुसार अपुग २ हजार ५ सयभन्दा बढी जनशक्ति ७ वटै प्रदेशस्थित गण, गुल्म तथा तालिम केन्द्रबाट व्यवस्थापन गरिएको छ ।

चोर, डकैटी, जुवातास, लुटपाट, कालेबजारी, सार्वजनिक यातायातका टिकटमा हुने ठगी र सवारी कसुरलयागत अपराधका २४ क्षेत्र निर्धारण गरेर जनशक्ति तैनाथ गरिएको छ । पर्व अवधिभर अपराधमा संलग्नको पहिचान गर्न तथा आवश्यक सूचना संकलनका लागि भन्दै उपत्यकामा ९३ जना घुमुवा परिचालन गरिएको छ । सुरक्षा योजना अनुसार ११ हजार ४ सय १ प्रहरीलाई हतियारसहित फिल्डमा खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here