स्पेनिस । स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले चौंथो जित निकालेको छ ।
प्रतियोगिताको सातौं खेल खेल्ने क्रममा बार्सिलोनाले गेटाफेलाई २–० ले पराजित गर्यो । १० खेलाडीमा सिमित बनेको बार्सिलोना स्टार स्ट्राइकर लियोनेल मेसीबिना मैदानमा उत्रिएको थियो । बार्सिलोनालई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा लुइस स्वारेज र जुनियर फिर्पोले समा एक–एक गोल गरे । चोटका कारण मेसी गेटाफेविरुद्ध मैदान उत्रन सकेका थिएनन् । यो पटक गतिलो सुरुवात गर्न नसकेको साविक च्याम्पियन बार्सिलोनाले गेटाफेविरुद्ध खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि स्वारेजले गोल गर्दे मिलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले ४९ औं मिनेटमा फिर्पोलेको गोलमार्पmत २–० को अग्रता लिएको थियो । तर खेलको अन्तीम समयमा बार्सिलोना १० खेलाडीमा सिमित भयो । ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो ।
बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ।गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल म्याड्रिडले भने अर्को बलियो टिम एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । त्यस्तै भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गर्न सफल भयो ।





