काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गर्नुभयो ।
उहाँले काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या रहेको बताउनु भयो । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्नसके विजयी निश्चित रहेको बताउनु भयो ।
उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन आग्रह गर्नुभयो ।






