काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुनुभएका उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो । नेता शर्माले काँग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोईराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनु भयो ।
उहाँले वरिष्ठ नेता कोईरालाले निर्वाचन आयोगले आधिकारिता दिएको काँग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताउनु भयो । नेता शर्माले काँग्रेस सभापति थापा पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने लागि परेको बताउनु भयो ।
उहाँले निर्वाचनमा विजयी हुनलाई पनि काँग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।






