सभापति देउवालाई सुनिल शर्माको अनुरोधः रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्


२७ पुष २०८२, आईतवार १७:२२ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गर्नुभएको छ । 


काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई रोइलो गर्न छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गर्नुभएको हो ।

उहाँले महाधिवेशनको बन्दसत्रले सभापति देउवालाई झन्डै आधा दर्जन विकल्पहरु दिने समेत बताउनु भयो । उहाँले पार्टी चुनाव लड्न सभापति देउवालाई चुनौती दिँदै पराजित भएपनि फुलमालासहित घर पुर्याइदिने टिप्पणी गर्नुभयो ।

उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अवलम्वन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताउनुभयो । 

पार्टीभित्र आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ । बन्दसत्र सोमवार बिहानदेखि शुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here