बुद्धशान्ति । झापाको बुद्धशान्तिमा सहारा नेपाल बचत तथा ऋण शहकारी संस्थाको २९ औ. बार्षिक इकाई साधारणसभा सम्पन्न भएको छ ।
शनिबार रामजानकी मन्दिरको सभा हलमा २९ औ वार्षिक इकाइ साधारण सभा सम्पन्न भएको हो । साहारा नेपाल साकोस बुधबारे सेवा केन्द्रका संयोजक विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ वडा अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथी शेर बहादुर रायले प्रतिवेदन अध्यनको आधारमा सहारा नेपाल (साकोस) हालको अवस्थामा आइपुग्दा १८ अर्ब ५६ करोड ५८ लाख ४२ हजार ४ सय २० रूपयाँ शेयर पूँजी भएको, साथै १ लाख ९२ हजार २४० भन्दा बढी सदस्य भएको मुलुककै एक सबल र सक्षम संस्था भई सबैको साहारा बनेको बताउनु भयो ।
उहाँले यो संस्था देशकै उत्कृष्ट संस्थाको रुपमा सदस्यलाई सेवा प्रदान गर्ने संस्था भएकाले आगामी दिनमा थप सुबिधाका लागि शेयर सदस्य आफै सकृय बन्नुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै कार्यक्रममा साहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बर बहादुर देउजाले संस्थाको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले पछिल्लो समय बजारमा फैलिएको ऋण मिनाहाको हल्लाको पछि नलाग्न समेत सबैमा अनुरोध गर्नु भयो ,उहाँले राज्यले ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने बताउँदै ‘‘ऋण भनेको जनताको पैसा हो, जनताको पैसा तिर्दिनु भन्नु वित्तीय अपराध भएको बताउनु भयो ।

संस्थाको २९ औं वार्षिक साधारण सभाको अवसर पारेर संस्थाले बुद्धशान्ति गाउँपालिका भित्रका सातै वटा जेष्ठ नागरिक भवन निर्माण गरिएको जग्गा दान गर्नु हुने जग्गा दाता परिवार साथै संस्थाको उत्कृष्ट ऋणी र उत्कृष्ट बचत कर्तालाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरू लाई बुधबारे सेवा केन्द्र समितीका सदस्य टीका पाठकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा साहारा नेपाल साकोस बुधबारे सेवा केन्द्र संचालन सहयोग उप-समिती संयोजक विष्णु प्रसाद सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
त्यस्तै चारआली अनुगमन कार्यलयका अनुगमन अधिकृत गोमा बस्नेतले संस्थाको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो,भने संचालन समिती सदस्य पार्वता गिरी भारतीले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्पन्न कार्यक्रमको सम्पुर्ण व्यावस्थापनमा संस्थाका कर्मचारीहरू राजेन्द्र लिम्बू, मुकुन्द उप्रेती ,शुस्मा सुबेदी पुजा न्यौपाने,शुस्मा श्रेष्ठ, ममता घिमीरे , गोपाल राज सुबेदी,उमा सुबेदी ,निकिता शर्मा दाहाल, लगायतले कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।
शनिबारबार रामजानकी मन्दिरको हलमा सम्पन्न भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका पुर्व उपाध्यक्ष मिरा भुर्तेल, वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारी, वडा नं २ कार्यवाहक अध्यक्ष सन्जु पौडेल,बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्यहरू खगेन्द्र गड्तौला, नर्वदा चापागाँई विभिन्न पाटिका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि ,बुधबारे सेवा केन्द्रका सम्पुर्ण प्रतिनिधि संस्थाका सेयर सदस्य सन्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन साहारा नेपाल साकोस बुधबारे सेवा केन्द्रका प्रमुख केपि लुइँटेल साथै सहारा नेपाल साकोस बुधबारे सेवा केन्द्र उपसमिति सदस्य दुर्गा देवि ढुङगेल पोख्रेलले गर्नु भएको थियो ।







