काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताउनु भयो ।
उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्नेकुरा काँग्रेसलाई चासोको विषयको नभएको बताउनु भयो । उहाँले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउनु भयो । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताउनु भयो ।
उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताउनु भयो ।






