कालोसूचिमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय होः अर्थमन्त्री


१८ मंसिर २०८२, बुधबार १५:५६ मा प्रकाशित


काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कालोसूचिमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय रहेको बताउनुभएको छ । 


आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले कुनैपनि देशका धेरै नागरिकहरु कालोसूचमिा पर्नु राम्रो नभएको बताउनु भयो । उहाँकाअनुसार धेरै मानिसहरु कालोसूचीमा नपर्ने हो भने धेरै कर्जा प्रवाह हुने स्थिति आउन सक्छ ।

अर्थमन्त्री खनालले तरलता बढी हुनुमा ग्रामिण क्षेत्रमा जाने, विपन्न वर्गले पाउने र प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा प्रवाह हुन नसक्नु रहेको बताउनु भयो । उहाँकाअनुसार खासगरी कृषिमा जाने कर्जा, ब्याजअनुदानमा जाने कर्जाको रकम सरकारले भुक्तानी नगदिएको कारणले १० अर्ब त्यो बाँकी थियो ।

जसकारणले बैंक तथा वित्तीय संस्थाले सरकारले बैंक तथा वित्तीय संस्थालाई अनुदान नदिएपछि थप लगानी गरेका थिएनन तर आफू जिम्मेवारीमा आएपछि १० अर्ब अनुदान निकासा गरिएको उहाँले जानकारी दिनुयभो । 

अर्थमन्त्री खनालकाअनुसार त्यो प्राप्त गर्ने बित्तिकै ग्रामिण क्षेत्रमा जाने कर्जा वृद्धि हुनलागेको र त्यसले पनि तरलता आगामी दिनमा घट्ने खनालको विश्वास रहेको छ । उहाँले बेरुजु कम गर्न प्रभावकारी रुपमा काम अघि बढिरहेको बताउनु भयो । यो सरकारले जेन–जीका मागहरुदेखि निर्वाचनसम्म गराउनुपर्ने भएकाले संयमित भएर काम गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here