उदयशील महिला बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा सम्पन्न


१७ मंसिर २०८२, मंगलवार १९:५९ मा प्रकाशित

बिर्तामोड । उदयशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष राधा राईको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य गयासरी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा कर्मचारी ममता धिमालले स्वागत व्यक्त गरेकी थिइन्।

कार्यक्रममा अध्यक्ष राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने वित्तीय विवरण व्यवस्थापक बेल्मति राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। प्रतिवेदन अनुसार सहकारीमा हाल ९९० जना शेयर सदस्य, ४५ जना बाल सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी १ करोड ५ लाख ५९ हजार ३ सय रूपैयाँ, निक्षेप २ करोड ४ लाख ६७ हजार ८ सय ८२ रूपैयाँ ७९ पैसा, ऋण लगानी २ करोड ९१ लाख ७७ हजार १ सय २१ रूपैयाँ रहेको छ।

यस्तै, चालु आर्थिक वर्षमा संस्थाको कुल आम्दानी ५० लाख ४७ हजार ७ सय ८८ रूपैयाँ २६ पैसा, खर्च ४१ लाख ९७ हजार ४ सय ६५ रूपैयाँ १९ पैसा रहेकाले ८ लाख ५० हजार ३ सय २२ रूपैयाँ ३४ पैसाको नाफा भएको प्रतिवेदनमा उल्लेख छ। संस्थाको वासलात ३ करोड ६१ लाख ५५ हजार ४ सय ४४ रूपैयाँ ५८ पैसामा पुगेको छ।

सभामा ज्येष्ठ नागरिक नारसी धिमाल र बाल बचतकर्ती युमा लिम्बूलाई सम्मान गरिएको थियो। उत्कृष्ट बचतकर्तातर्फ डोरा राजवंशी, दुर्गा राजवंशी, अरूण दास, अर्जुन राजवंशी, अमिता पटेल, ज्योती पुरी, अस्मिता गजुरेल, रणमाया दंगाली मगर, सूर्यकुमार राई र जानुका लामालाई पुरस्कृत गरिएको थियो। त्यस्तै, असल ऋणीतर्फ रञ्जना आङ्वो, अञ्जना काम्बाङ, हरिमाया तामाङ, तेजकुमारी मैनाली, कल्पना नेपाल, लोरूपी धिमाल, शान्ती राजवंशी र मोहम्मद अफ्ताबलाई पुरस्कार प्रदान गरिएको छ।

उत्कृष्ट कर्मचारीतर्फ कल्पना मंग्रातीलाई सम्मान गरिएको थियो । सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिकी संयोजक सरीता अधिकारीले प्रस्तुत गरेकी थिइन् भने ऋण उपसमितिको प्रतिवेदन संयोजक भीमकुमारी लिङ्देनले प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा शेयर सदस्य देशमाया बेघालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी कर्जा प्रमुख कल्पना अधिकारी सिग्देलले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here