सिर्जना पौडेल केसीको विभत्स हत्याः बीच सडकमा टाउकोमा प्रहार गरी हत्यारा फरार


२७ चैत्र २०८२, शुक्रबार ०७:३२ मा प्रकाशित


पोखरा । बुधवार साँझ करिव ७ बजे पोखरामा एक महिलाको बीच सडकमा विभत्स हत्या भएको छ । सिर्जना पौडेल केसी नाम गरेकी ती महिलालाई अज्ञात व्यक्तिले टाउकोमा घातक प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटना साँझ ७ः०८ बजेको समयमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार, आक्रमणपछि सिर्जना सडकको बीचमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । घटनास्थलमा पुगेका एक स्थानीयले बताएअनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो र रगतसँगै गिदी समेत बाहिर निस्किएको अवस्था थियो । 

घटना लगत्तै स्थानीय र एक मासु पसलका सञ्चालक मिलेर प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीकाअनुसार प्रहरी घटनास्थलमा पुग्दासम्म उनको मृत्यु भइसकेको आँकलन गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ र फरार अभियुक्तको खोजी कार्य तिब्र पारिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here