नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न भिसामा नै जटिलता छः पूर्वशिक्षामन्त्री भट्टराई


२६ चैत्र २०८२, बिहीबार १७:२९ मा प्रकाशित

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताउनुभएको छ । 


बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको उच्च शिक्षालाई बाहिरका विद्यार्थीलाई भित्र्याउनका लागि विश्वविद्यालयहरु सुरक्षित छन भन्ने कुराको प्रत्याभुति गराउने कुरा सबै भन्दा चुनौतिको विषय भएको स्पष्ट पार्नु भयो ।

पूर्वशिक्षामन्त्री भट्टराईले नेपालमा उच्च शिक्षा हासिल गर्नका लागि भिसा प्रक्रियामा देखिएका जटिलता पनि तत्काल हटाउनुपर्नेमा जोड दिनु भयो । सो भिसा प्रक्रियामा देखिएको जटिलता हटाउनका लागि आफूले कानूनको मस्यौदा तयार पारेपनि सो मस्यौदाले हालसम्म कानूनी मान्यता पाउन नसकेको उहाँको भनाई थियो ।

एमाले नेतृ समेत रहनु भएकी भट्टराईले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारले चलाउने, प्राविधिक शिक्षा प्रदेश सरकारले र उच्च शिक्षा संघीय सरकारको मातहत ल्याउन ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here