राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताउनुभएको छ ।
बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताउनुभएको हो । लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको उहाँको भनाई छ ।
रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा)की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथी हुने बताउनु भयो ।
उहाँले खसआर्य पुरुष समुदायको सभामुख भएपछि जनजाती महिलालाई उपसभामुखको उम्मेद्वार बनाएको बताउनु भयो ।






