पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय


१६ मंसिर २०८२, सोमबार १७:४७ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसको १५ महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । 


सोमवार बसेको पार्टी केन्द्रिय समिति बैठकले १५ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो । लामो छलफलपछि आज सम्पन्न केन्द्रिय समिति बैठकले सर्वसम्मत रुपमा पार्टीको १५ औ महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने उल्लेख गरिएको छ । 

काँग्रेसले सो महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानविन समिति र केन्द्रिय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरुको गठन गर्ने पनि निर्णय गरिएको प्रवक्ता महतले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here