काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ ।
पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमवार ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । उहाँले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताउनु भयो ।
फेरि पनि पुरानै राजनीतिक शक्तिहरुकाट मुलुकले निकास पाउन नसक्ने उहाँको तर्क छ ।






