प्रत्येक वर्ष २३ भदौलाई जेन–जी शहीद दिवसको रुपमा मनाउने सरकारको निर्णय


१७ मंसिर २०८२, मंगलवार १०:२५ मा प्रकाशित


काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेन–जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।


सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरुलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय समेत भएको छ ।

उहाँले आगामी माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदविक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्नेगरी गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यस्तै सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here