नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छः सांसद बडू


१८ भाद्र २०८२, बुधबार १७:१३ मा प्रकाशित

काठमाडौं- नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।


प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गर्नुभयो । उहाँले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरुसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट समेत पार्नुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी जीनपिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्टरुपमा आपत्ति रहेको विषय उठाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here