उखु किसानका मागहरु सम्बोधन गर्न एमाले सांसद महतोद्वारा सरकारको ध्यानाकर्षण


१८ भाद्र २०८२, बुधबार १७:०६ मा प्रकाशित

काठमाडौं – नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले उखु किसानका मागहरु सम्बोधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन समेत सरकारसँग माग गर्नुभयो । उहाँले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य गर्न समेत माग गर्नुभयो ।

उहाँले सरकारलाई किसानमैत्री अनुदान, सिंचाई सुविधा र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले चुरे संरक्षणमा भएको लापरवाहीका कारण मधेशमा ठूलो समस्या उत्पन्न भएको भन्दै यसबारे गम्भीर कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण राष्ट्रिय हित र सार्वभौमिकताका सवालमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here