त्रिभूवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न गृहमन्त्रीको आग्रह


८ भाद्र २०८२, आईतवार १६:४७ मा प्रकाशित


काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले त्रिभूवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ ।


आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले त्रिभूवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताउनुभएको हो । उहाँले प्राध्यापकहरुको सुरक्षाको लागि पिएसओ खटाएको जानकारी दिनुभयो ।

गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो । त्रिभूवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथ हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् । 


उहाँले सरकार द्वन्द्व न्युनिकरणको लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताउनु भयो । उहाँले आत्महत्या नियन्त्रण गर्नको लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको उल्लेख गर्दै द्वन्द्वका क्षेत्रमा पनि मिलेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here