संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री


८ भाद्र २०८२, आईतवार १२:५१ मा प्रकाशित


काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभएको छ ।


आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताउनुभएको हो । संविधान निर्माणको लागि २० वर्ष लागेको उहाँले स्मरण समेत गर्नुभयो ।

यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उहाँको दाबी छ । त्यसको लक्षण पनि देखिन थालेको उहाँले बताउनु भयो । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उहाँको भनाई छ ।

समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उहाँले बताउनु भयो । समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला काँग्रेस र एमालेले सहमति गरेको पनि उहाँले उल्लेख गर्नुभयो । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उहाँले स्वीकार गर्नुभयो ।


संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उहाँको भनाई छ । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उहाँले त्यो पनि जायज रहेको बताउनु भयो । यो संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको उहाँको भनाई छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here