जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु विरामी


१४ श्रावण २०७६, मंगलवार २२:१८ मा प्रकाशित

पाँचथरको फाल्गुनन्द गाउँपालिका५, फाक्तेपमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी ४८ बर्षीया सुनिता लिम्बूको उपचारको क्रममा मंगलबार बिराटनगरको नर्सिङहोम अस्पतालमा मृत्यु भएको हो । जंगलबाट ल्याएको च्याउ खाएपछि सुनिता र उनकी सासु सन्तमाया लिम्बू बिरामी परेका थिए ।

बिरामी भएकी सन्तमायाको भने झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको फाल्गुनन्द ५, का वडा अध्यक्ष अबिन्द्र चेम्जोङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here