करोडौं रुपैयाँ ठगी गर्ने प्रधानाध्यापक पक्राउ


१५ श्रावण २०७६, बुधबार २०:१६ मा प्रकाशित

चितवन ।    बिद्यालयको सेयर सदस्य बनाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक जना प्रधानाध्यापक बुधबार पक्राउ परेका छन् ।

खैरहनी नगरपालिका वर्डा नम्बर ८ मा रहेको ज्ञानसुधा इङ्गलिस स्कुलमा सञ्चालक पदमा हुँदा बिद्यालयको सेयर सदस्य बनाइदिन्छु भन्दै सोही ठाउँका समिता श्रेष्ठसंग १ करोड १३ लाख ९५ हजार रुपैयाँ र रत्नदीप अधिकारीसंग ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा रत्ननगर नगरपालिका ३ बस्ने बर्ष ४० को नेश्नल आवासीय माध्यमिक बिद्यालयमा कार्यारत प्रधानाध्यापक राजकुमार दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित समिता केसीको जाहेरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दहाललाई बुधबार नै चितवन जिल्ला अदालतबाट ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here