बुद्धशान्ति । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सरकारले लामो समय देखी विद्यालयमा शीक्षक र विद्यार्थिको अनुपातमा शिक्षकहरको दरबन्दि दिन नसकेको बताउनु भयो ।
उहाँले आफ्नु क्षेत्रबाट धेरै तलब खाएर वा निसुल्क सहयोग गरेर पनि शिक्षकहरूले पढाउनु पर्ने बाध्यता रहेको बताउनु भयो । झापा बुद्धशान्ति गाउँपालिकामा वडा न २ स्थित सरस्वती आधारभुत विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनु भएको हो ।

बुद्धशान्ति २ स्थित गोपाल डाँढामा रहेको सरस्वती आधारभुत विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कोशि प्रदेस सभासद माननीय चिन्तन पाठकले कोशि प्रदेसमा मात्रै १५ सय संस्थागत विद्यालय र ५१ सयको सामुदायिक विद्यालयहरू भएता पनि धेरै सामुदायिक विद्यालयहरू बन्दहुने अवस्थामा पुगेकाले शिक्षा सुधार गर्ने तपाईं हामी शिक्षक अभिभावक विद्यार्थी सबै एक जुटभएर लाग्नु पर्ने बताउदै शिक्षाको क्षेत्रमा केगर्दा समृद्ध विकास हुन्छ भन्ने विषयमा आफुहरू लागिरहेको बताउनु भयो ।
विद्यालयको ५८ औं बार्षिकोत्सवको अवसरमा विद्यालयको अक्षयकोषमा स्व. बाल नर सिहं घलेको पुन्य स्मृतिमा अक्षयकोषको लागि दिल कुमारी घले र उहाँका छोरा बुहारीको तर्फबाट ५ लाखको चेक विद्यालयलाई हस्तान्तरण गरिएको थियो भने धनमाया धौरालिले रू १ लाख १ हजार १ सय ५१, रूपयाँ र नरपति अधिकारीले रू ६ हजार ,दुर्गा कट्टेलले आफ्नी छोरीको जन्म दिनको अवसर पारेर २५ हजार १ सय रूपयाँ विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । उहाँहरूलाई विद्यालयको तर्फबाट सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।

विद्यालयका शिक्षक लोकबहादुर माझीले स्वागत सहित अौचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रमलाई थप रोचक बनाउन विद्यार्थिहरूले विभिन्न सांस्कृति प्रस्तुती परम्परागत लोक नृत्य, ताण्डव नृत्य, साकेला, चण्डी नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका प्रसाद द्यौरालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा,बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला प्रदेश सभा पूर्व सांसद बिर्ख प्रदान जग्गादाता लक्ष्मी पाठक,सम्पुर्ण वडाका वडा अध्यक्ष विभिन्न पाटिका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संचालकको शिक्षिका मनिषा दाहाल गीता वि.क. र सुरेन्द्र अधिकारीले गर्नुभएको थियो ।