दक्षिण कोरियामा माछा मार्ने डुङ्गा डुब्दा २ जनाको मृत्यु, १२ बेपत्ता


२३ कार्तिक २०८१, शुक्रबार १२:५८ मा प्रकाशित


काठमाडौं । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शुक्रवार माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । स्थानीय समय अनुसार बिहान ४ः३३ बजे २७ जना चालक दलका सदस्यसहितको १२९ टन वजनको जहाज जेजुको बियाङ टापुबाट २४ किलोमिटर टाढा डुबेको हो ।

१६ दक्षिण कोरियाली र ११ विदेशीसहित चालक दलका सदस्यमध्ये १५ जनालाई उद्धार गरिएको थियो जसमध्ये दुई जनालाई हृदयघातको अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको थियो ।

उद्धारकर्ताहरूले १० दक्षिण कोरियाली र दुई विदेशीसहित बेपत्ता १२ नाविकहरूको खोजी गरिरहेका छन् । उद्धार गरिएका चालक दलका सदस्यहरूले आफ्नो डुंगा अर्को जहाजमा स्थानान्तरण गर्ने क्रममा माछा मार्ने डुङ्गा अचानक पल्टिएर डुबेको बताएका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here